Subscribe Us

गाई–भाई दलमा संकट, एक्लिँदै थापा

काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनका बेला कमल थापाले मतदाताहरुसँग मत दिन अनुनय विनय गर्दै भन्ने गरेका थिए–ठूला भनौदा दलहरु देशलाई विभाजित गरेर अस्थिरता निम्तायउँदैछन् ।

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको कुरा गरेर देशलाई बर्बादीमा जाक्दै छन् राष्ट्रिय एकता र खण्डतालाई कमजोर पार्दैछन् । थापाको यही कुरा पत्याएर उनको पार्टीलाई जनताको एउटा हिस्साले मतदान ग¥यो । 

पहिलो संविधानसभा निर्वाचनमा अस्तित्व जोगाउन पनि नसक्ने अवस्थामा रहेको यो पार्टीले संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फ २४ सिट जित्यो र चौथो ठूलो दलको पोजिसन सुरक्षित गर्न सफल पनि भयो ।
Kamal-Thapa
तर देशलाई नै एकताबद्ध गर्ने वाचा उतिबेला गरेका कमप थापा यतिबेला आफैँ भने सरकारमा असफल सावित हुँदै गएका छन् भने आफ्नै पार्टीभित्र समस्यामा परेका छन् ।

थापा यतिबेला पार्टी जोगाउन नसक्ने अवस्थामा पुग्न नसकेको खबर छ । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments