Subscribe Us

विदेशीको समर्थन खोज्दै मधेसी मोर्चा

काठमाडौं । मधेसी दलले आन्दोलनमा विदेशीको समर्थन जुटाउने छलफल गर्दैछन्। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुअघि उनीहरुले बिहीवार दिउँसो नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दै छन्।

morcha-leaders
कुटनीतिज्ञहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागिएको संघी समाजवादी फारेमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। यादवले भने, ‘नेपालको अहिलेको परिस्थितिबारे छलफल गर्ने गरी भेटघाट तय गरेका हौं।’ छलफल र्याडिसन होटलमा हुँदैछ। छलफलमा आफ्ना माग र आन्दोलनबारे कुटनीतिज्ञहरुलाई प्रस्ट पारिने मोर्चाका नेताहरुको भनाई छ।

त्मलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा १९ चैतमा बसेको मोर्चाको बैठकले ६ वैशाखमा अन्तक्रिया कार्यक्रम गर्ने र ९ वैशाखमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलाई भेट्ने निर्णय गरेको थियो। 

Post a Comment

0 Comments