Subscribe Us

मलेसियाबाट ५३ हजार नेपाली कामदार फिर्ता

काठमाडौं। मलेसिया सरकारले आप्रवासी कामदारलाई रोजगारीका लागि मलेसियामा आउन बन्द गरेसँगै मलेसियाको रोजगारी छाड्ने नेपालीको संख्या वृद्धि भएको छ ।

Nepalese migrant workers arrive at Kathmandu airport

एक महिनाको अवधिमा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेको आजको अन्नपूर्णमा समाचार  छ । मलेसियामा चार लाख ८३ हजार नौ सय ८ नेपाली श्रमिक वैधानिक रुपमा काम गरिरहेको अध्यागमनको तथ्यांकमा रहेको छ ।

 मलेसियाबाट एक महिनाको अअवधिमै ५० हजारभन्दा बढी नेपाली घर फर्किएको वा अवैधानिक भएको भन्ने बिषयमा अध्यागमनले स्पष्ट पारेको छैन ।

मलेसियामा रोजगारी छाड्ने नेपालीको संख्या अन्य देशका श्रमिकभन्दा धेरै छ । करिब ५० हजारभन्दा धेरै नेपाली श्रमिकले मलेसियाको वैधानिक रोजगारी छाडेका छन् । नेपाली कामदारको यो तथ्यांकले पनि मलेसियाबाट आउनेभन्दा स्वदेश र्फकने धरै भएको पुष्टि हुन्छ ।

मलेसियामा बढेको लेबी, महंगी र असुरक्षाका कारण उनीहरुले रोजगारी छाडेका हुन् । पहिलाको दाँजोमा आम्दानी कम हुने र रेमिटेन्सको कमीका कारण पनि रोजगारी छाड्नु वरेको हो । मलेसियामा विदेशी श्रमिकको न्यूनतम तलब नौ सय रिंगेट छ ।

Post a Comment

0 Comments