Subscribe Us

साताभित्र सबै उपभोक्तालाई ग्यास

काठमाडौं । ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् ।
gas
आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएको छ । 

नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीको ग्यास एकैपटक बिक्री गर्ने तयारी छ ।

सोमबार भक्तपुरबाट सुरु हुने यो अभियानअन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकैपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए ।

Post a Comment

0 Comments