Subscribe Us

मन्त्रीलाई अख्तियार ल्याउने भन्दै रत्नपार्कमा बम्कने को ?

१७ वैशाख, काठमाडौं । मुलुकका दुई जना यस्ता व्यक्ति छन्, जो आफूलाई कानुन, विधि भन्दा माथि ठान्छन् । सरकार असफल भए होस, आफ्नो पद जसरी भएपनि जोगाउनुपर्छ ।

Akhtiyar-Durupayog-anusandhan-aayog
नेपाल विद्युत् प्राधिकरण हाल रु २९ अर्ब घाटामा छ । चरम ऊर्जा संकटको मारमा मुलुक छ, जनता दैनिक १४ धन्टा भन्दा बढी अध्यारोमा बस्न बाध्य छन् ।

तर, प्राधिकरणका एक जना व्यक्तिका कारण मुलुकको समग्र ऊर्जा क्षेत्र धारासायी मात्रै भएको छैन, क्रमशः मुलुक नै डुब्ने अवस्थामा पुगेको छ ।

प्राधिकरणलाई जसरी भएपनि डुबाएर आफ्नो स्वार्थपूर्ति गर्न लागिपर्ने व्यक्ति हुन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेशराज काफ्ले । काफ्लेले वर्तमान सरकारलाई त टेरेका छैनन् न नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतकर्ता केन्द्रलाई समेत अटेर गरेका छन् ।

उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका हरेक निर्णयलाई असफल बनाउने योजना नै उनको दैनिकी बनेको छ । जनआह्वान साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments