Subscribe Us

बालिका बलात्कार गर्ने नाईके पक्राउ

नवलपरासी, ४ वैशाख । नवलपरासीमा एक १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्नेमध्येका मुख्य आरोपित कृष्ण महतो पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले महतोलाई मोरङको विराटनगरबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । 

पक्राउ परेका महतोलाई शनिबार कावासोती ल्याइएको छ । बालिकालाई बलात्कार गर्ने आरोपितमध्येका अन्य दुईजना भने अभैm फरार छन् । महतोलाई आफन्तको घर लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको  हो । गत चैत १८ गते साँझ बालिकालाई तीनजनाको समूहले बलात्कार गरेका थिए । बालिकाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ ।

कावासोती नगरपालिका–१३ लौखानीका २५ वर्षीय महतो, २७ वर्षीय केशव थापा र कावासोती–१३ कै बुढौलीकुना निवासी २६ वर्षीय विनोद गुरुङले बालिकामाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।

घटनाको अभियुक्तविरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएको दुई साता बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएको थियो । रासस

Post a Comment

0 Comments