Subscribe Us

चोरी भएको मोटरसाइकलसहित लामाद्वय पक्राउ

बनेपा । भक्तपुरबाट चोरी भएको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले आज काभ्रेपलाञ्चोकमा पक्राउ गरेको छ ।

बा४२प ३८४ नंको पल्सर मोटरसाइकलसहित काभ्रेपलाञ्चोकको मादनकुडारी गाविस–३ बस्ने २८ वर्षीय समीर लामा र सोही ठाउँ बस्ने १९ वर्षीय कुन्दन लामालाई चोरी भएको ११ दिनपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।


जिल्लाको कात्तिके देउराली गाविस–६ स्थित सडकखण्डमा फेला परेको बेवारिसे सो मोटरसाइकलबारे खोजी गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका लामाद्वयले गत १० गते भक्तपुरको सूर्यविनायक नगरपालिकामा राति ९.३० बजे सो मोटरसाइकल चोरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । चोरी गरेको स्थान भक्तपुर भएको उल्लेख गर्दै प्रहरीले आज नै चोरी भएको मोटरसाइकलसहित दुवै जनालाई महानगरीय प्रहरीवृत्त भक्तपुर पठाएको छ ।

Post a Comment

0 Comments