Subscribe Us

दिनदहाडै उपसभामुखले झप्पड खाएपछि रुँदैरुँदै फर्किए

२४ चैत , काठमाडौं । ‘तँ विष्टेको दलाल होस्, मा … चो …?’ भन्दै राजीव पराजुली पड्किए । गंगाप्रसाद यादव पनि किन चूप लाग्थे र, ‘एई, बहेन … चो, कसलाई भन्सि दलाल रे ?’ भन्दै उसैगरी पड्किए । ‘तैंले के खोजेको ? देखाइदिऊँ ?’ भन्दै राजीवले गंगालाई देखाइदिए एक झापु हानेर ।

देशको उपसभामुख, सरकारी दलबलसहित पार्टीको बैठकमा पुगेका थिए, गंगाप्रसाद यादव । कमल थापाकै खास मान्छे । केशरबहादुर विष्टलाई कारवाही नै गरेर जाँदा अलिक नराम्रो सन्देश जाला भन्ने सुझाव मात्रै दिएका हुन् । तर सहेनन्, राजीव पराजुलीले । हातपात भइसकेपछि कमलले राजीवलाई सम्झाए ।
Gangaprasad-Yadav
भइसकेपछि सम्झाएर के गर्नु ? माफ त मागे । तर, सोझा गंगा रुँदैरुँदै काठमाडौं फर्किए । हालै वीरगञ्जमा सम्पन्न राप्रपा नेपालको बैठकको दृश्य हो यो । 

प्रमुख सचेतक दीलनाथ गिरीको दाउ रहेछ, अहिलेसम्म कमल थापाले चलाइरहेको स्थानीय विकास मन्त्रालयमा हात पार्ने । त्यहाँ केशरबहादुरका छोरा विराज सहायक मन्त्री छन् । विराज र राज्यमन्त्री कुन्तीदेवी शाहीको कुरा मिल्दैन । मन्त्रालयमा राज्य र सहायक मन्त्रीका असहमतिको कारण रमिता नै चलेको छ ।

यही मेसोमा विराजका बाबु केशरले कमल थापासँग निहुँ खोजिरहँदा त्यही ठाउँबाट भ्वाङ पारेर आफ्नो खेलो चलाउनेमा दीलनाथ लाग्ने नै भए । 

फलतः वीरगञ्जकै स्थानीय नेता राजीवनको होटलमा केशरबहादुर पक्षधरलाई लखेटेर, वरिपरि अधिकांश गैरकेन्द्रीय सदस्य राखी केशरबहादुरलाई कारवाही गरियो । जनआस्था साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments