Subscribe Us

जागिर माग्दा प्रेमीले नै फसाए

काठमाडौं ।
पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाइ । ३७ वर्षीया उनी जागिरको खोजीमा थिइन् ।   त्यही क्रममा क्रेष्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्‍यो ।


क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो । २०१५ फेब्रुअरीमा लुइसले राखेको प्रेमप्रस्ताव उनले सहजै स्विकारिन् । एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन् । केही दिनमै लुइसले उनको हातमा पैसा थमाइदिए । अनि पासपोर्ट बनाउन अह्राए ।
छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागुऔषध ओसारपसारको गम्भीर आरोपमा केही दिन अघि मात्र उनी नेपालमा पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नागरिक दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments