Subscribe Us

एसएलसीका केन्द्राध्यक्ष जुवाखालबाट पक्राउ

काठमाडौं । एसएलसीको परीक्षा चलिरहेकै बेला केन्द्राध्यक्ष जुवाखालबाट पक्राउ परेका छन् । ललितपुर लुभुस्थित महालक्ष्मी उमाविका निमित्त प्रधानाध्यापक चन्द्रप्रसाद बजगाईलाई प्रहरीले बिहीबार राति स्थानीय होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको आजको राजधानी पत्रिकामा समाचार छ ।

juwa-ko-khal

बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षाका महालक्ष्मी उमाविका लागि केन्द्राध्यष रहेका बजगाईसहित अन्य तीनजनालाई बडिखेलमा रहेको सिरुपाते रेम्बो ट्राउट रिसोर्टबाट नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले चारुेजनालाई जुवाखालबाट नियन्त्रणमा लिएको बताए ।

प्रहरीले रिसोर्ट सञ्चालक सबिता आचार्यसहित देबेन्द्र खड्का र अमर श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।  जुवाखालबाट ५८ हजार नगद र सात बुक तास समेत बरामद गरेको छ ।

Post a Comment

0 Comments