Subscribe Us

मन्त्री शिवभक्त बनेपछि परिवार मर्मान्त ?

काठमाडौं ।
सांसारिक जीवन त्यागेर एक व्यक्ति साधु बन्छन् । उनी ध्यानमा यति लिन हुन्थे कि मुसाले आफ्ना वस्त्र काटेको समेत पत्तो पाउँदैनथे । मुसाले अति गरेपछि उनले बिरालो पालेर लुगा काट्ने समस्याबाट मुक्ति पाउने जुक्ति त निकाले तर मुसाबाट मुक्ति दिने बिरालो पाल्ने कसरी ? उनको अगाडि समस्या खडा भयो ।

त्यसका लागि उनले एउटा गाई पाल्ने निर्णय गरे । गाई त पाल्ने तर, घाँसको प्रबन्ध कसरी मिलाउने ? उनको कुटीनजिकै एउटा दुखी महिला थिइन्, उनले गाईलाई घाँस काट्न तिनै महिलासँग बिहे गर्ने निर्णय गरे । बिहे भएपछि उनको बच्चाबच्ची भयो ।
of-the-bit-umesh-yadav
समस्यामाथि समस्या थपिँदै गयो । एक साधु पत्तै नपाई पुनः सांसारिक जीवनको बोझले यसरी थिचिए । माथिको कथा अन्य व्यक्तिको हकमा कति मिल्छ, थाहा छैन तर ‘मरे शहिद जिते संसार’ भन्दै १० वर्षे सशस्त्र युद्वमा होमिएका धेरै माओवादी नेताहरुसँग यो कथा मेल खान्छ । 

तीमध्ये पनि एमाओवादी कोटाबाट वर्तमान सरकार सिंचाईमन्त्रीको जिम्मेवारी सम्हालिरहेका उमेश यादवको जीवनमा यो कथा ठ्याक्कै मिल्छ ।

उमेश यादव तत्कालिन माओवादीले दश वर्षसम्म गरेको सशस्त्र जनयुद्वमा प्रत्यक्ष सहभागि नेता हुन् । उनले आफ्नो राजनीतिक जीवनमा व्यवस्थाको खराबीदेखि लिएर समाजमा देखिएका यावत समस्याको विरुद्व जुध्न माओवादी आन्दोलनमा लागेको भन्दै धेरैलाई यो आन्दोलनमा होमिन आग्रह गरे ।

विज्ञानमा विश्वास गर्ने र धर्मलाई अफिम बराबर ठान्ने उनकै कुरा पत्याएरु धेरै तराईका व्यक्ति आन्दोलनमा होमिए । मन्त्री बनेलगत्तै शिवभक्त बन्न पुगेका यादव हिजोआज बिहान एक घन्टासम्म पूजा–आजा गर्छन् । 
रुद्राक्षको माला घाँटीभरी लगाएर कार्यकर्ता र सल्लाहकारलाई अर्ती उपदेश दिन्छन्,–विगतमा गल्ती गरिएछ । यो धर्म कर्म भन्ने कुरा त नगरी नहुने पो रहेछ । जति पनि मान्छेले सम्पन्नता र सिद्वि प्राप्त गरेका छन्, त्यो त धर्मको बलमा पो पाएका रहेछन् । तपाईंहरु पनि अब धर्म कर्ममा लाग्नुस् ।’ 

Post a Comment

0 Comments