Subscribe Us

चितुवाको छालासहित दुई जना पक्राउ

भीमदत्तनगर । प्रहरीले चितुवाको तीन थान छालासहित गएराति दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झलारी पिपलाडी नगरपालिका–७ पिताम्बरका ३४ वर्षीय पदम ठगुन्ना र ५७ वर्षीय नरबहादुर विष्ट रहेका छन् ।


कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१० स्थित पानी ट्याङ्की नजिकबाट प्रहरीले आइतबार मध्यरातमा चितुवाको तीन थान छाला र स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले प्रहरीले चितुवाको छाला र केही परिणाममा हड्डीसमेत बरामद गरेको पुष्टि गर्नुभयो ।

Post a Comment

0 Comments