Subscribe Us

सुन कारोबारले साथीकै हत्या

काठमाडौं। पाँचथरको दक्षिणी क्षेत्र रवि बजारका युवा व्यवसायी दिनेश रेग्मीको हत्याका योजनाकारलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

रेग्मी हत्याका योजनाकार भएको अभियोगमा भीम घिमिरे घतानी नामले चिनिने झापा लखनपुरका २८ वर्षीय मीनबहादुर विकलाई महानगरीय अपराध महाशाखा काठमाडौंको सहयोगमा पाँचथर प्रहरीले शुक्रबार काठमाडौंबाटै पक्राउ गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

goldfinal

विक र रेग्मीबीच ४० लाख रुपैयाँबराबरको सुनको कारोबार थियो ।  उक्त रकम तिर्न नसक्ने स्थिति आएपछि विकले हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

रेग्मीको हत्याका लागि विकले अन्य व्यक्तिसमेत प्रयोग गरेको खुलेको छ ।  विकले रेग्मीलाई चैत १ गते सप्तमी बजारसम्म जान भनेका थिए । त्यही क्रममा अभियुक्तले रेग्मीलाई इलामको फएतम्पा-५ स्थित जंगल पुर्याएका थिए ।

प्रहरीका अनुसार त्यहाँ पुग्दा विककै योजनामा आएका अर्का व्यक्तिले पछाडिबाट हृयामरले रेग्मीको टाउकोमा प्रहार गरेका थिए ।  रेग्मी भुइँमा ढलेपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको विकले प्रहरी समक्ष बयान दिएका छन् ।

चैत १ गते पसलबाटै बेपत्ता भएका रेग्मीलाई ३ दिनपछि फुएतप्पा ५ मा मृत अवस्थामा प्रहरीले फेला पारेको थियो ।

Post a Comment

0 Comments