Subscribe Us

दक्षिण एसियामै खडेरी

काठमाडौं, चैत २९। विश्व मौसम संगठन ‘वर्ल्ड मेटेओरोलिजकल अर्गनाइजेसन’ले एल निनो नामक मौसमी अवस्थाका कारण दक्षिण एसियामै खडेरी पर्ने जनाएको छ ।
drought
प्रशान्त महासागरको पानीमा अस्वाभाविक तापका कारण सिर्जना हुने एल निनो मौसमी अवस्थाको प्रभाव विश्वव्यापी रुपमा नै भइरहेको वैज्ञानिकहरुको भनाइ रहेको छ ।

अनुसन्धानकर्ताहरु भन्छन्, ‘प्रशान्त महासागरका केही भागमा तापक्रम सामान्यभन्दा दुई डिग्री सेल्सियस बढ्न सक्छ ।’ संगठनका अनुसार एन निनोको असर यो वर्षको अन्त्यसम्ममा अझै बढ्न सक्छ । यसअघि सन् १९९७/९८ मा एल निनोको असर बढी देखिएको थियो । राजधानी दैनिकमा खबर छ ।

Post a Comment

0 Comments