Subscribe Us

मृत्यु भएकाको नाममा भत्ता वितरण

 काठमाडौं । सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता दोहोरो भुत्तानी दिएर, नक्कली औंठा छाप लाएर र लगतकट्टा नगरी हिनामिना गरेको पाइएको छ ।
rupeesमहालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७१/७२ को लेखापरीक्षण गर्दा १८ गाविसमा सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाइएको  छ ।

महालेखाले मुस्ताङ, तेह्रथुम, धादिङ, सोलुखुम्बु, अर्घाखाँची, कञ्चनपुर, रौतहट र सल्यानका १८ गाविसमा मृत्यु भएका, लगत नभएका र बसाइँ सरेकाको नाममा भत्ता निकासा भइरहेको फेला पारेको हो । ती गाविसमा नमुना लेखापरीक्षण गर्दा १८ लाख रुपैयाँ हिनामिना गरेको फेला परेको छ ।

महालेखाले असुल गर्नु पर्ने र अनियमितता गर्ने अधिकारीमाथि कारबाही गर्न आग्रह गरेको छ । महालेखाले कञ्चनपुरको रतेलीबिचवा गाविसको मुल अभिलेखमा नभएका मतिया रानालाई दोहोरो भुक्तान दिएको फेला पारेको छ ।

मूल अभिलेखमा नाम नभएका गोमतिदेवी कामीलाई पनि पूरै भक्ता दिइएको छ । पाँच वर्षमुनिका दलित बालबालिकालाई दिनुपर्ने बालसंरक्षण भत्ता पाँ वर्ष नाघेकालाई दिइएको पाइएको छ ।

Post a Comment

0 Comments