Subscribe Us

यि हुन बुकीका एजेन्ट, आइपिएल सुरु लगग्तै खुल्म खुल्ला करोडौंको जुवा

काठमाडौं । भारतमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट सुरु भएसँगै नेपालमा  बुकी खेलाउने र खेल्नेको होडबाजी सुरु भएको छ । अण्डरओल्ड डन दाईद ईब्राहिमले सञ्चालन गरेको बुकी बिश्वभर एक जुवाको रुपमा फस्टाएको छ । पछिल्लोे समय केही भारतिय माफियाले नेपालमासमेत बुकी खृलाउँदै आएका छन् । स्रोतका अनुसार नेपालमा एक दर्जन बुकीका नाईके छन् भने, सयौंको सख्यामा बुकीको पैसा जिम्मा लिने दलाल । 

पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने र खेलाउँने नै बुकीमा सक्रिय भएका छन् । भारतिय नागरीक सेण्ठी भन्ने राकेश अग्रवाल, नागराज नामका अमित अग्रवाल र रमेश अयोग्य नेपालका प्रमुख बुकीका एजेन्ट भएको उच्च प्रहरी स्रोत बताउँछ । यि तिनले केही नेपालीलाई दलालको रुपमा प्रयोग गर्दै बुकी सञ्चालन गर्दै आएका छन् । नागराजले तुरुपको रुपमा प्रयोग गर्र्ने े राजधानीका बिनोद अहिले रमेशको लागी काम गर्दै आएका छन् ।

 काभ्रेमा सामान्य परिवारमा जन्मेका बिनोद बुकीको कारोबारबाटै अबरपति बनेको स्रोत बताउँछ । बिनोद र्याडिसन क्यासिनोमा टेबुल चालउँदै आएका थिए । बुकीको पैसा असुल्न बिनोदले आफ्ना भाई अच्चुत उप्रेतिको प्रयोग गर्दै आएका छन् । यि दाजुभाईले बुकीमा बेड लगाउँनेको पैसा जम्मा गर्दै आएको स्रोत बताउँछ ।  र्याडिसन क्यासिनो बन्द भएपछि होटल हायातस्थित क्यासिनो प्राईडमा बिनोदले टेबुल चलाउँदै आएका छन् । 

उनै बिनोद अहिले भारतमा सुरु भएकोे आइपिएलको बुकीमा लागि परेका हुन । उता सेण्ठीले शनिवारबाट सुरु भएको आइपिएलमा बुक गर्न ९८०३९८६२०० नम्बर सार्बजनिक गरेका छन् । 

आइपिएलको यस्तो अवैध बाजीमा दैनिकी करोडौं रुपैयाँसम्मको हारजित हुने गरेको छ । यसरी सार्बजनिक रुपमै बुकी बुक गर्ने नम्बर सार्बजनिक भएपनि सम्बन्धी निकाय भने मौन छन् ।

Post a Comment

0 Comments