Subscribe Us

यस्तो छ चीनसँगको सहमति कार्यान्वयन गर्ने योजना

काठमाडौं ।
सरकारले चीनसँग हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला गरेको सम्झौता कार्यान्वयनलाई गम्भीरतापूर्वक लिँदै योजनाहरु बनाएको छ । 

चिनियाँ पक्षसँग संवाद गरी पारवह सम्झौताको प्रोटोकल दुंग्याउन ६ महिनाभित्र टोली गठन गर्ने र पारवह सम्झौताबाट नेपालले लिन सक्ने लाभबारे छलफल गर्न सोही अवधिमा स्वतन्त्र विज्ञ सम्मिलित कार्यदल बनाउने सरकारी योजना छ ।
3dp_china3dp_map_flag
त्यस्तै नेपाल र चीनबीच स्वतन्त्र व्यापार (एफटिए) का लागि सम्भाव्यता अध्ययन अघि बढाउन चिनियाँ पक्षसँग संवाद गर्न टोली गठन गरिने छ । एफटिएको विविध पक्षबारे स्वतन्त्र अध्ययन गर्न एक अनुसन्धान टिम गठन गरिने छ ।

चिनियाँ सहयोगको हिल्सास्थित सियार्वा नदीमा पुल बनाउन परराष्ट्रले कूटनीतिक तहमा चीनसँग कुरा गर्ने छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रि विमानस्थल निर्माण चार दिनपछि सुरु हुँदैछ । त्यसका लागि चिनियाँ सहुलियत ऋण, मिश्रित ऋणलगायतका विषयमा चिनिायँ पक्षसँग परराष्ट्र, अर्थ र पर्यटन मन्त्रालयले नियमित सहकार्य र समन्वय गर्नेछ ।

लेटर अफ एक्सचेन्ज अनुसार नेपालमा चीनको सहयोगमा ग्यास तथा तेल उत्खनन्का लागि सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल डाक्ने तयारी छ । 

Post a Comment

0 Comments