Subscribe Us

अवकाशको डेढ वर्षपछि एआइजीमा बढुवा हुँदै चार डिआइजी

काठमाडौं । अवकाशको डेढ वर्षपछि नेपाल प्रहरीका चारजना डिआइजी एआइजीमा बढुवा हुने भएका छन् । गृह मन्त्रालयले बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ ।

सर्वोच्च अदालतको आदेशमा सरकारले अवकाश पाइसकेका डिआइजी यादव अधिकारी, सुशीलबरसिंह थापा, पर्शुराम खत्री र विश्वराज शाहीलाई एआइजीमा बढुवा गर्न लागेको हो ।
Nepal-police

२९ असोज ०७१ देखि नै तलब पाउने गरी उनीहरूलाई विशेष दरबन्दी सिर्जना गरी बढुवा गरिदै छ । करिब १० महिनाका लागि उनीहरू बढुवा हुनेछन् । ०७३ फागुनको पहिलो साता उनीहरूले ३० वर्षे सेवाहदका कारण हालका आइजिपी उपेन्द्रकान्त अर्यालसँगै अवकाश पाउनेछन् ।
यसै साता बढुवाको तयारी
स्रोतका अनुसार उनीहरूको यही साता बढुवा हुनेछ । तर, उनीहरूलाई कहाँ पदस्थापन गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा पुर्‍याइएको प्रस्तावमा केही उल्लेख छैन । अदालतको आदेश पालनाका क्रममा बढुवाको प्रस्ताव मन्त्रिपरिषद् लगिएको गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बताए । बढुवा गरेपछि गृह मन्त्रालयले उनीहरूको पदस्थापन गर्नेछ ।

पाँचवर्षे सेवाहदका कारण अवकाश पाएका थिए
डिआइजीको पाँचवर्षे सेवाहदका कारण उनीहरूले २९ असोज ०७१ मा अवकाश पाएका थिए । तर, त्यसअघि नै अदालतले उनीहरूलाई विशेष दरबन्दी सिर्जना गरी बढुवा गर्न आदेश दिएको थियो । सरकारले बढुवा नै नगरी उनीहरूलाई अवकाश दियो । 

अदालतले सरकारको प्रशासनिक काममा हस्तक्षेप गरेको र यसले सुरक्षा निकायको ‘चेन अफ कमान्ड’मा समस्या हुने भन्दै मन्त्रिपरिषद्ले निर्णय गरेर अदालतमा पुनरावलोकन निवेदन दिएको दियो । तर, सर्वाेच्चले ३ पुस ०७१ मा सो पुनरावेदन निवेदन खारेज गरेपछि सरकार बढुवा गर्न बाध्य भएको हो । अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै अदालतमा सरकारविरुद्ध मानहानि मुद्दासमेत परेको छ । नयाँ पत्रिका दैनिकमाखबर छ ।

Post a Comment

0 Comments