Subscribe Us

‘नेपालमा हस्तक्षेप गर्दा एक्लियो भारत’

काठमाडौं ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायमा एक्लिएको र आफ्नै मुलुक भित्र चर्काे आलोचना खेपेपछि नेपालको मधेस आन्दोलनबाट भारत पछाडि सरेको ठहर गरेका छन् ।

मंगलबार सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीले प्रतिकुल अन्तराष्ट्रिय र राष्ट्रिय परिवेशका कारण अघोषित नाकाबन्दीलाई भारतले फिर्ता लिएको उल्लेख गरेका आजको अन्नपूर्णमा समाचार छ ।
Flag_of_India,_New_Delhi
ओलीले प्रतिवेदनमा भनेका छन्,’अन्तराष्ट्रिय जगतको व्यापक आलोचना आफनो देशभित्रको चर्काे दवाब, मधेश आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोधका कारण भारत सरकारले आफ्ना नीतिहरुको पुनरावलोकन गर्दै नाकाबन्दी अघोषित रुपमा हटाएको बताएका छन् ।

कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप बान्छनीय नहुने भन्दै प्रधानमन्त्री ओलीले संविधान जार गरेपछि भारतले अनावश्यक चासो राखेको उल्लेख गरेका छन् ।

उनले नाकाबन्दीको बिषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराएको तथा भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको उनले उल्लेख गरेका छन् । 

संविधान निर्माण कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामिला र सम्पूर्णरुपमा उसको स्वतन्त्र निर्णयको बिषय भएको उल्लेख गर्दै ओलीले त्यसमा अनुचित चासो र हस्तक्षेपलाई बान्छनीय र ग्राह्य नहुने उल्लेख गरेका छन ।

Post a Comment

0 Comments