Subscribe Us

भारत लैजाँदै गरेको ४५ किलो गाँजा सहित यादव पक्राउ, दुई फरार

लहान, २४ चैत । मलहनीया–९ बाट प्रहरीले लागूऔषध गाँजासहित स्थानीय शुभकलाल यादवलाई पक्राउ गरेको छ । बोरामा राखेर गाँजा भारततर्फ लैजाँदै गरेको अजस्थामा प्रहरीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

गस्तीमा रहेको प्रहरीलाई देखेर तीनजना बोरा बोकेका व्यतिm भाग्न खोज्दा शंका लागेर बोरा खोतल्दा गाँजा फेला परेको डिएस दान बहादुर कार्कीले बताए । प्रहरीले शुभकलाललाई पक्राउ गरेपनि दुईजना फरार छन् । तीनवटा बोरामा रहेको ४५ किलो ३ सय ४५ ग्राम गाँजासहित यादवलाई जिल्ला प्रहरी कार्यालय राजविराजको नियन्त्रण्मा लिएको हो ।

Post a Comment

0 Comments