Subscribe Us

राष्ट्र बैंकको गोष्ठीबाटै पक्राउ परे नारायणी विकास बैंकका फरार अध्यक्ष

काठमाडौं । बैंकलाई २३ करोड चुना लगाएर फरार भएका नारायणी विकास बैंकका अध्यक्ष उत्तमप्रसाद द्वालाई नेपाल राष्ट्र बैंकले आफ्नै गोष्ठीमा सहभागी गराएको खुलासा भएको छ । बैंकको समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले बिहीबार आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयको गोष्ठीमा भाग लिई फर्किने क्रममा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले उत्तमप्रशादलाई पक्राउ गरेपछि यो कुराको रहस्य खुलेको हो । 

नक्कली ऋणी खडा गरी उत्तमप्रशादले बैकबाट ऋण जारी गररे बैंकलाई हानीनोक्साी पुर्याएको आरोप लागेको छ । उत्तमप्रशादलाई बैंकको समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले अनुसन्धान र कार्वाहिकालागि सिआईबीलाई पत्र पठाएको थियो । त्यहि संस्थाको गोष्ठीमा उत्तमप्रशाद अध्यक्षको हैशियतले उपस्थित भएको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । 

उत्तमप्रशाद अदालतबाट म्याद जारी भईसकेका फरार अभियुक्त हुन । राष्ट्र बैंकको कार्यक्रममा सहभागी रहेको सूचनाको आधारमा सिआईबीको टोलीले उनलाई बिहीबार बैंकको थापाथली कार्यालयबाट निस्कदै गर्दा पक्राउ गरेको जनाएको छ । बैंकका महाप्रबन्धक बिरेन्द्र श्रेष्ठ लगायतका पक्राउ परे पनि द्वा फरार थिए । विरेन्द्र असार २३ गते पक्राउ परेका थिए भने बैंकका पूर्व अध्यक्ष दिव्य कुमार श्रेष्ठ क्रिष्टल फाइनान्स लिमिटेड हिनामिनाको अनुसन्धानमा पक्राउ परी पुनरावेदन अदालत पाटनको आदेशमा कारागार चलान भइसकेका थिए । अनुसन्धानमा सो प्रकरणको मुख्य योजनाकार द्वा देखिए पनि उनी पक्राउ परेका थिएनन् ।

पुनरावेदन अदालत हेटौडाले २०७२ भदौं ५ मा बिरेन्द्र श्रेष्ठ समेतलाई पुर्पक्षका लागि थुनामा पठाउँदै द्वालाई अदालतमा उपस्थित हुन म्याद तोके पनि उनी अदालतमा हाजिर नभई फरारनै थिए । ब्युरो अधिकारीका अनुसार कागजमा उनी फरार भनिए पनि उनी सोही बैंकको अध्यक्षको हैसियतमा काम गर्ने गरेको सूचनापछि ब्युरोले खोजी शुरु गरेको थियो ।

नेपाल राष्ट्र बैंक, समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले बिहीबार आयोजना गरेको रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय विषयको गोष्ठीमा द्वा नारायणी विकास बैंकका अध्यक्षको हैसियतमा सहभागी थिए । ब्युरो अधिकारीका अनुसार द्वा केमिड्रग ईण्डष्ट्रिज प्रालि थानकोटका प्रबन्ध निर्देशक समेत हुन ।

ब्युरोले यसअघि सोही बैंकका संचालक प्रकाश रेग्मीलाई ठगी अभियोगमा पक्राउ गरेको थियो । आफुलाई नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागको कर्मचारी भन्दै कुमारी बैंकका ऋणी जितेन्द्र बहादुर श्रेष्ठसँग ब्युरोमा केस मिलाउने भन्दै ३० लाख रुपैंया मागेको घटनाको अनुसन्धानका लागी ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

Post a Comment

0 Comments