Subscribe Us

जग्गा बन्धकी राखेर घर

काठमाडौं ।  ऋण गरेर बनाएको च्याम्राङबेसी गाविस ९ का शेषानन्द बास्तोलाको घर धुरी मारेकै दिन भूकम्पले भत्काइदियो । 

साहुसँग लिएको ऋण जस्ताको तस्तै छ, तर टहरा बनाउन फेरि ऋण लिए । घर बनाउँदाको तीन लाख ऋण तिरेको छैन् । भूकम्पले टहरा बनाउन ५० हजार ऋण लागिसक्यो, गाँस न बासको अवस्था छ उनले भने । 

Nepal earthquake
फलामेदार ५ का कान्छा तामाङ भूकम्पले भत्किएको घर बनाउन नपाउँदा चिन्तित छन् । टहरामा २ नातिका साथ बसेको वर्ष दिन  भइसक्यो । सरकारको बाटो हेर्दाहेर्दै थाकिसकेका उनी ऋण काढेर घर बनाउने सोचमा छन् ।

‘पक्की घर बनाउँ नसकिदैन, ढुंगा माटाकै घर बनाउँ भने फेरि भूइँचालोले भत्काउला  भन्ने चिन्ता छ,’ उनले भने । सरकारी राहतमा हुने संकट र ढिलासुस्तीले झनै समस्या थपिएको सर्वसाधारणको भनाई छ ।

Post a Comment

0 Comments