Subscribe Us

इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने

काठमाडौं ।
सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को पहिलो ब्याच आधारभूत तालिम पूरा गर्नेबित्तिकै डिएसपीमा बढुवा भएको थियो ।

१४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ ।
APF-Police-Nepal
कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो । अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दा पनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् ।

संगठनको अहिले कै अबस्था अनुसार अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments