Subscribe Us

पूर्वराजा ज्ञानेन्द्र भारत जानुको गोप्य कारण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आकस्मिक भारत भ्रमण मुलुकमा विद्यमान असहज परिस्थितिको उपज भएको भन्दै एमाओवादी स्थायी समिति बैठकका सहभागिले यसबारे गम्भिर हुन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
Gyanendra1
बैठकका सहभागिहरुले गठबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्शसमेत निकालेका छन् । संविधान कार्यान्वयन प्रक्रियामा जान नसकेको, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम सफलतासाथ अघि बढ्न नसकेकाले पूर्वराजालाई गोप्य रुपमा भारतले निम्त्याएको हुनसक्ने भन्दै यसबारे स्थायी समिति गम्भिर हुनुपर्ने सहभागीहरुले बताए ।

गणतन्त्रका १० वर्षमै यस्तो परिस्थिति आउनुमा प्रधानमन्त्री केपी ओलकिो नेतृत्वमा रहेको गठबन्धन सरकारको असफलता कारण रहेको अधिकांश सहभागिले बताएको स्रोतले उल्लेख गर्यो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Post a Comment

0 Comments