Subscribe Us

खुल्म खुल्ला बुकी खेलाउँदै अग्रवाल,
प्रहरीलाई चुनैती दिदै बुक गर्न मोबाइल नम्बर सार्बजनिक

बुकीका नाईके अमृत अग्रवाल
काठमाडौं । – भारतमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट सुरु भए लगत्तै नेपालको राजधानी काठमाडौंमा लाखौं रुपैयाँ बाजी थाप्ने अर्थात बुकी खेलाउने र खेल्नेको होडबाजी सुरु भएको छ । 

आइपिएलको यस्तो अवैध बाजीमा दैनिकी  करोडौं रुपैयाँसम्मको हारजित हुने गरेको छ । शनिवारबाट उद्घाटन  भएको आइपीएल खेलमै काठमाडौंमा करोडौ रुपैंयाँकोे हारजित भएको स्रोत बताउँछ । 

आज आईतवार बेलुका ८ः १५ मा हुने कोलकाता नाइट राइडर्स र दिल्लीको गेममा बाजी थाप्नेको लागी हजारौं जुवाडेले फोन गर्दै बुक गर्न थालेको स्रोत बताउँछ । 

नेपालमा बुकी खेलाउने नाईके अमृत अग्रवाल रहेको स्रोतको दाबी छ । बुकी बुक गर्न अग्रवालले दुईवटा मोबाईल नम्बरसमेत सार्वजनिक गरेका छन् । स्रोतका अनुसार ९८२३३३३५३० र ९८२३३३३५३१ नम्बरमा फोन वा म्यासेज गरेर बुक गराउन सकिन्छ । 

 आज हुने खेलमा कोलकताको दर ०५७ पैसा र दिल्लीको एक रुपैंया ४० पैसा कायम गरीएको छ । गेमको स्थिती हेरेर दरमा घटबड हुन सक्ने बुकीमा जुवा खेल्दै आएका एक जुवाडेले बताए । तिन बर्ष अगाडी सम्म कमलपोखरीको सिटी सेन्टरमा ऐडडी फिल्म देखाउँदै आएका अग्रवालले बिगत तिन बर्षदेखी अण्डरवल्ड डन दाउदको एजेन्ट भएर नेपालमा बुकी खेलाउँदै आएको स्रोतको दाबी छ । बुकी खेलाएकै भरमा अग्रवालले राजधानीमा करोडौं रुपैंयाँको सम्पत्ती जोडेको उनलाई नजिकबाट चिन्ने बताउँछन् । 

लाजिम्पाटस्थित होटल र्याडिसनमा टेबुल भाडामा लिएर बुकी खलाउँदै आएका अग्रवाल हाल आफ्नै घरमा बसेर बुकी सञ्चालन गर्छन । बाँसबारीको न्यूरो अस्पताल अगाडी अग्रवालको महल छ । अग्रवालका एक दर्जन दलाल काठमाडौं लगाएतका बिभिन्न जिल्लामा बुकी खेलाउँन सक्रिय रहेको स्रोत बताउँछ ।

 डिल्ली बजारका रमेश अरोग्गे पनि बुकीका नाईके भएको स्रोत बताउँछन् । बुकी खेलाएरै रमेशले १५ करोडको घर किनेका छन् । भारतिय नागरीक भन्दै क्यासिनोमा सहजै छिर्ने र नेपाली भन्दै सम्पत्ती जोड्ने रमेशमाथी सम्पत्ती सुद्धिकरण बिभागले छानबिन समेत थालेको स्रोत बताउँछ । केही बर्ष अगाडीसम्म सडकछाप रमेशसँग एक्कासी करोडौ रुपैंयाँको सम्पत्ती आएपछि छानबिन सुरु भएको हो ।

Post a Comment

0 Comments