Subscribe Us

तराईबाट फर्केपछि बाबुराम किन भए निराश?

काठमाडौं । नयाँ शक्तिलाई पार्टीको रुपमा रुपान्तरण गर्ने र त्यसमा तराइ मधेसको सहयोग खोज्ने भन्दै मधेस जागरण लिएर गएका डा बाबुराम भट्टराई निराश भएर फर्केका छन् ।

आफ्नो स्थिति एकदमै नाजुक रहेको र आफ्नो पक्षमा कोही पनि नआउने देखेपछि उनले मधेसवादी दलका नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् । 

उनले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेटवार्ता गरेका छन् ।
Baburam-Bhattarai
तराई मधेसमा राजनीतिक दलप्रति जनस्तरमा असाध्यै नराम्रो बुझाई रहेको , बरु उनीहरु एमाओवादी, काँग्रेसलगायतका दलप्रति नै विवस्त रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई नबदल्ने हो भने तराई मधेस केन्द्रित राजनीतिक दलको अस्तीत्व त सकिने नै भयो, त्यसभन्दा पनि समस्या त नयाँ शक्तिको पक्षमा कोही पनि नदेखिने अवस्था देखिएपछि डा भट्टराईले हतार हतार नयाँ कदम संयुक्त रुपमा चाल्नुपर्नेमा निष्कर्षमा पुगेका छन् ।

संयुक्त रुपमा नजाने हो भने मधेसवादी दल र आफ्नो समेत अस्तित्वमा समेत पूर्ण विराम लाग्ने निष्कर्षमा उनी पुगेको बताइन्छ । मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरीलगायतका कुनै पनि जिल्लामा मधेसवादी दलप्रति आम जनताको कुनै पनि सकारात्मक बुझाइ नरहेको भन्दै डा भट्टराईले मधेसवादी दलसँग गुनासो गरेका थिए ।

हामीले उताको आडमा नाकाबन्दीलगायतका गतिविधि गर्न नहुने थियो, जुन गर्न नहुने थियो , त्यही गरियो, नाकाबन्दीका कारण जनता मारमा परे । केही मुट्ठीभर तत्वले फाइदा उठाए, त्यसले हामीलाई राजनीति नै गर्न नसक्ने अवस्थामा पु¥याइदिएको छ डा भट्टराईले गरेको गुनासो उदृत गर्दै एक मधेसवादी दलका नेताले जानकारी दिए ।  

Post a Comment

0 Comments