Subscribe Us

सरकारले थाल्यो स्वास्थ्य बीमा

काठमाडौं। 
अढाइ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेका कैलाली धनगढी नगरपालिका–३ का ७२ वर्षीय होमनाथ ढकाललाई आफू र परिवारका अन्य सदस्यमा पटकपटक स्वास्थ्य समस्या देखा पर्दा उपचारका लागि आर्थिक जोहो गर्न हम्मे पथ्र्यो ।
Simhadurbar
स्वास्थ्यभन्दा ठूलो धन अरु केही हुन सक्दैन भन्ने बुझेका ढकालले आर्थिक अवस्था कमजोर भएका कारण आफू, श्रीमती र सन्तानको उपचार गर्दा पाउने गरेको सकस अब हट्ने भएको छ ।

सरकारले ५० करोड रुैपैयाँ छुट्याउँदै बिहीबार कैलालीमा सुरु गरेको बहुप्रतीक्षित स्वास्थ्य बीमा कार्यक्रमको पहिलो सदस्य बनेको छ ढकाल परिवार । अब स्वास्थ्यमा जुनसुकै समस्या आए पनि ढकाल परिवारका कुनै पनि सदस्यले सरकारले तोकेको स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार पाउनेछन् । 

Post a Comment

0 Comments