Subscribe Us

स्वाधीनता विस्फोटको अवस्थामा, वामपन्थीको रणनीतिक मोर्चा

काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीको भगिनी संगठन अनेमसंघ क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय स्वाधीनता विस्फोटको अवस्थामा रहेको बताए ।

prachanda

स्वाधीनता रक्षाका लागि पनि माओवादी पार्टीहरूबीच एकता अनिवार्य रहेको उनको भनाइ थियो । ‘पार्टी चुकिसक्यो, नेतृत्व थाकिसक्यो भन्ने गरी थुप्रै हल्ला चलाइएको छ, त्यसमा सत्यता छैन, अब फेरि माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ,’ प्रचण्डले भने, ‘अब सबैको हैसियत प्रस्ट भइसकेको छ, मिल्नुको विकल्प छैन ।’

प्रचण्डले बाचुन्जेल पूरै क्रान्ति उठाउन तागतका साथ लाग्ने उद्घोष गरे । ‘हामी जुन माओवादी भए पनि एउटै काँक्रोका चिरा हौँ,’ उनले भने, ‘विभाजित भएपछि हामीलाई सबैले हेप्ने, पेल्ने गरेका हुन्, फेरि एकपटक एकताबद्ध भएर माओवादीलाई हेप्नेहरूको प्रतिरोध गर्नुपर्छ ।’

वामपन्थीको रणनीतिक मोर्चा
प्रचण्डले माओवादी पार्टीको मात्र नभई समग्र वामपन्थीको रणनीतिक मोर्चा बनाउन आवश्यक रहेको बताए । राष्ट्रिय स्वाधीनता जुनसुकै वेला विस्फोटको रूपमा आउन सक्ने भन्दै त्यस्तो रणनीतिक मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता प्रचण्डले औँल्याए ।

‘अझै पनि राष्ट्रिय स्वाधीनता जोखिममा छ । जुनसुकैबेला पनि विस्फोट हुनसक्ने अवस्थामा छ,’ उनले थपे, ‘राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि पनि रणनीतिक मोर्चा आवश्यक छ ।’ 

Post a Comment

0 Comments