Subscribe Us

विप्लव माओवादीले जनयुद्ध गर्न हतियार नै पाएन !

काठमाडौं । माओवादीको मूल नेतृत्वल क्रान्तिलाई धोका दिएको भन्दै पुनः सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव माओवादी विभाजन भएको झन्डै २ वर्ष हुनै लाग्यो ।

यो बीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर धेरै हल्लीखल्ली गरियो । तर, योबीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर अपुष्ट खबर सुन्नुबाहेक उसको खासै गतिविधि देख्न र सुन्नमा आएको छैन ।
Biplab1

आखिर विप्लवले गर्ने भनेको सशस्त्र युद्धको तयारी कहाँ पुग्यो ? के उसले साँच्चै सशस्त्र युद्ध गर्दैछ ? आम मानिसले यस्ता अनेक प्रश्न उब्जाइरहेका बेला विप्लव माओवादीले गर्ने भनिएको सशस्त्र युद्ध सुरु हुनु अगावै पार्टीमा किचलो बढेको र सशस्त्र युद्धको कुरा तुहिने स्थितिमै पुगेको खबर छ ।

विश्वस्त स्रोतका अनुसार, विप्लव माओवादीले सशस्त्र युद्धका लागि अनुकूल परिस्थिति सिर्जना गर्न त सकेको छैन नै यसका लागि व्यवस्थापन गर्न पनि सकेको छैन । 

महतवपूर्ण कुरा के छ भने विप्लवले सशस्त्र युद्धका लागि आवश्यक पर्ने हतियारका लागि एक वर्षदेखि प्रयास गरिरहे पनि अझै गर्न सकेको छैन । उसले हतियार खरीदका लागि पटक पटक गरेका प्रयत्न र प्रयास दुवै विफल हुन पुगेको विश्वस्त स्रोतको दावी छ ।

स्रोतका अनुसार, विप्लव माओवादीले चीनबाट हतियार ल्याउनुका लागि दोस्रोपटक गरेको प्रयास पनि असफल भएको छ । साँघु साप्ताहिकमा खबर छ

Post a Comment

0 Comments