Subscribe Us

२०७२ साल गुण्डालाई काल

काठमाडौं । राजधानीका कुख्यात गुण्डा र तिनका नाईकेलाई २०७२ साल काल साबित भयो । बर्षको सुरुवातसँगै राजधानीका चल्तीका गुण्डा नाईके कुमार श्रेष्ठ उफ घैंटे प्रहरी ईन्काउन्टरमा मारिएपछि गुण्डाहरुलाई ०७२ साल अफाब भयो ।

 राजनीतिक संरक्षणमा राजधानी लगाएत केही जिल्लामा  गुण्डागर्दीमा सक्रिय घैंटेको ईन्काउन्टरसँगै अन्य गुण्डा र तिनका नाईकेको भागा भाग भएको हो । सधै चिल्ला कारमा सवार हुने गुण्डा अहिले दुलोमा मुसो लुके झै अण्डरग्राउड भएका छन् ।

 महानगरीय अपराध महाशाखामा एसएसपी सर्बेन्द्र खनालको आगमनसँगै गुण्डानाईकेहरुको होस हवास उडेको थियो । हतियारधारी डन घैंटे ईन्काउन्टरमा माएिपछि अन्य गुण्डा सुरक्षीतस्थलको खोजि गर्दै  भारतको राजधानी दिल्लीलगाएत युरोपियन मुलक पलायन भएका छन् भने केही राजधानीमै लुकीछिपी बसका छन् ।

 राजधानीका कुख्यात दुई ठूला गुण्डा राजिब गुरुङ उफ दिपक मनाङ्गे र  चक्रे मिलन भन्ने मिलन गुरुङ राजधानीमै छन् भने तृस्रो रुपका डनका रुपमा चिनिएका राज गोर्खालीपनि काठमाडौं छन् । 

उता चक्रेका भाई तेजेन्द्र गुरुङ, काभ्रेली समुहका गणेश लामालगाएतका अन्य दुई दर्जन भने बिदेश पलायन भएको स्रोतको दाबी छ । प्रहरीले राजनीतक दबाब झेन्न थालेपछि गुण्डाको कालोदिन सुरु भएको होे । राजधानी मै रहेका अन्य गुण्डा भने यतिखेर गुमनाम अबस्था छन् । 

चक्रे र मनाङ्गेले भने आफ्नो सर्कलका सर्बलाई प्रहरीको आँखी हुने केहीपनि काम नर्गन सर्कुलर गरेको छ । प्रहरीले आफूलाई तारो बनाएको भन्दै मनाङ्गे र चक्रेले आफ्ना सहयोगीलाई यस्तो सर्कुलर गरेको हो ।  साजन महर्जन, सानोभाई भन्ने युबराज गुरुगुरुङ,  नेपालगंन्जका रिगल ढकाल जस्ता एक दर्जन गुण्डा यो सालमा प्रहरी फन्दामा परे ।






Post a Comment

0 Comments