Subscribe Us

यि हुन नक्कली प्रमाणधारी नेपालका ईन्जिनियर

काठमाडौं, १५ वैशाख । इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराएर प्रमाणपत्र विक्रि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पााच जनालाई कम्प्यूटरका साथै अन्य कागजात सहित पक्राउ गरेको हो ।

प्रहरीले कम्प्यूटर डिजाइनर गाबाहालका २९ वर्षीया अंकित खड्का, सोहि स्थानमा नोकरी गर्ने नख्खिपोटका ४४ वर्षीय सुबित खड्कालाई पक्राउ गरेको छ । यस्तै डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका ३ का २८ वर्षीया हितेश सिहं, खोटाङ जिल्ला बाकसिला ८का २६ वर्षीया विद्यार्थी पुजन कुमार खत्रीलाई पनि पक्राउ गरेको छ । त्यसैगरी काठमाडौं जिल्ला बुढानिलकण्ठ ३ का विद्यार्थी २६ वर्षीय सनत श्रेष्ठ लाई पनि पक्राउ गरेको छ । 

केही ईन्जिनियरहरुले नक्कली प्रमाणपत्र लिएर काम गरिरहेको भन्ने गोप्य सूचना यस अपराध महाशाखाको अनुसन्धान टोलिले ललितपुर उपमहानगरपालिका १८  गाबहाल स्थित कम्प्यूटर डिजाईनर कार्यालयमा छापा मारेको हो । छापामार्दा कम्प्यूटर लगायतका उपकरणका साथै छाप सहित नक्कली ईन्जिनियरिङको प्रमाण पत्र नियन्त्रणमा लिएको छ ।

साथै परिषदमा दर्ता गर्न चाहिने अन्य कागजातहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । महाशाखाले नक्कली कागजात तयार पार्ने व्यक्ति तथा कागजातहरुको प्रमाणित प्रतिलिपि प्रयोग गरी नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराउने व्यक्ति र केही नक्कली ईन्जिनियरहरु समेतलाई मिति १४ गते  (मंगलबार) उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरी  कारवाहीको लागी म।न।प्र। परिसर ललितपुर पठाईएको जनाएको छ ।  

Post a Comment

0 Comments