Subscribe Us

वीर अस्पतालमा दिक्षितको यस्तो छ नाटक

काठमाडौं । माओवादी आन्दोलनविरुद्ध न्वारनदेखिको बल लगाएर प्रचार युद्धमा होमिएका कनकमणि दिक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि वीर अस्पतालमा तमासा देखाएर बसेका छन् ।

नर्वेजियन दूतावासदेखि यूरोपेली संघको पैसामा मुलक भित्र गलत र अराजक धन्दा चलाउँदै आएका दिक्षित अख्तियारको हिरासतमा नबस्ने नाटक गर्नैका लागि वीर अस्पतालमा बसेर तामासा देखाएको बताइन्छ ।
kanak mani
वीर अस्पतालका एक चिकित्सककाअनुसार दिक्षितले अस्पतालमा बसेर पूर्ण रुपमा नाटक गरिरहेका छन् र दुनियाँलाई आफू बिरामी भएको प्रचार गराइरहेका छन् । नेपालको सार्वभौमसत्ता, अखण्डता विरुद्ध पत्रकार भएकै नाममा दिक्षितले गलत धन्दा चलाएको आम नागरिकलाई थाहा छ ।

साझा यातायाताको अध्यक्षको हैसियतमा उनले सरकारी स्रोतको समेत दोहन गरेका छन् । सरकारको ९० प्रतिशत सेयर रहेको साझा यातायातको नाममा रहेको सरकारी जग्गालाई आफूखुसी बेचेर व्यक्तिगत सम्पतिका रुपमा बनाएको तथ्य कोही कसैबाट छिपेको छैन ।

आफूलाई कानुन भन्दा माथि राखेर प्रस्तुत हुने दिक्षितको नागरिकता नेपालको भएपनि मन र कार्य भने विदेशी स्वार्थ अनुसार नै चलेको तथ्य कोही कसैबाट छिपेको छैन । 

Post a Comment

0 Comments