Subscribe Us

साथीको हत्यागरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

पोखरा, ३ वैशाख । आफ्नै साथीको हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि गोरखामा पक्राउ गरेको छ ।

पुराना अपराधको अनुसन्धान तथा फरार अभियुक्तको तदारुकताका साथ खोजतलास गरी पक्राउ गर्ने क्रममा २०६० कात्तिक ६ गते आपूmसँगै काम गर्ने साथीलाई हत्या गरी फरार रहेको गोरखा जिल्ला मान्वु–८ घर भएका ३४ वर्षीय झोला भन्ने वाला गुरुङलाई गोरखा प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आपूmसँगै ट्रेकिङ भरियाको काम गर्दै आएका गोरखा जिल्ला मान्वु–७ घर भई पोखरा–८ नागढुङ्गा बस्ने २८ वर्षीय सुकबहादुर गुरुङलाई पूर्व रिसइवीका कारण सो दिनको राति सोही ठाउँमा रहेको खाली जग्गाको एकान्तमा फेला पारी ब्लक र ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको थियो । घाइते सुकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।

मृत्यु भएको थाहा भएपछि अभियुक्त गुरुङ फरार भई भारतको दिल्लीमा गई लुकीछिपी बसेकोमा एक महिनाअगाडि निज आफ्नै गाउँको घर गोरखाको मान्वुमा आई लुकिछिपी बसेको छ भन्ने विशेष सूचनाको आधारमा निजलाई पक्राउ गर्न सकिएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Post a Comment

0 Comments