Subscribe Us

जनताका घर बनेका छैनन्, चर्च तयार भइसक्यो !

काठमाडौं । भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधारणले अझै स्थायी आवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् ।

Jesus-Christ

त्रिपाल र जस्ताका टहरामा बस्ने क्रिस्चियन धर्मावलम्बी भूकम्पपीडित नवनिर्मित सुविधा सम्पन्न भवनमा रहेको चर्चमा आफनो धार्मिक क्रियाकलाप सञ्चालन गर्दछन् ।

पूर्णरुपमा ध्वस्त चर्चको पुननिर्माण गरिएको छ भने सामान्य क्षति पुगेका चर्च मर्मत गरेर साप्ताहिक प्रार्थना र नियमित कार्यक्रम सञ्चालन भइरहेका छन् ।
भूकम्पका कारण लामोसाँगुको चर्चको पक्की भवन भत्किएपछि करिब २० लाख रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण गरिएको छ । 

बैशाख १२ को भूकम्पले चर्च रहेको भवन भत्कँदा सिन्धुपाल्चोक लामोसाँघुमा प्रार्थना गरिरहेका १६ जनाको मृत्यु भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Post a Comment

0 Comments