Subscribe Us

वैरो विभागलाई प्रभावमा परेर प्रोगेसिभ म्यानपावरले यसरी ठग्यो १३ युवा

काठमाडौं, १ वैशाख । पछिल्लो समय बिरोजगार युवालाई बिभिन्न प्रलोभन देखाएर ठगी गर्ने म्यानपावरहरु विस्तारै सार्वजनिक हुन थालेका छन् । यसरी ठगी गर्ने मेनपावरमा प्रोगेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्रालिसमेत परेको छ । प्रोगेसिभले १३ जना युवाबाट लाखौं रुपैयाँ असुलेर अलपत्र पारेको समाचार पाप्त भएको छ ।

यो म्यानपावरले १३ युवालाई रोजगारीका लागि साउदी अबर पठाएर ठगी गर्न सफल भएको हो । म्यानपावरले १३ जनालार्इ एकै दिन साउदी अरबमा पठाएर ठगेको थियो । ठगीएका युवाहरु साउदी पुगेको दुई सातामै स्वदेश फर्किका छन् । उनीहरु नेपाल फकिए लगत्तै म्यानपावरले ठगी गरेको पुष्टि भएको हो । ठगिने मध्येका दोलखाका सिमराज तामाङ, मानविर तामाङ, प्रेम तामाङ, धनकुटाका रामकाजी राया, हरीबहादुर राय, महोत्तरीका नवराज परियार, कस्कीका चन्द्रबहादुर विक, सोही ठाउँकै जिवन विक, तनहुँका टेकबहादुर कुमाल, पर्साका जिरजोधन राउत, धनुषाका उमेश मण्डल, सप्तरीका गंगाप्रसाद शाह, देवकुमार चौधरी रहेका छन् ।

म्यानपावरबाट ठगीएका उनीहरुलार्य रामकाजी रायले होली पर्वको दिन म्याद नाघेको भिसामा साउदी अरब पठाएको हो । उनीहरु साउदी अरब पुगेपछि आफु ठगीएको थाहा पाएका हुन । उनीहरु साउदीमा बस्दा ‘काम नपाएपछि दुईसाता मै फर्किएका हुन् । पीडितहरूले म्यानपावरलाई न्यूनतम ७५ हजार देखी एक लाख २० हजार रुपैया  बुझाएको बताएका छन् । पीडितमध्येका सिमराज तमाङले म्यानपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएको बताए ।

अर्का नवराज परियारले एक लाख २० हजार रुपैयाँ बुझाएको बताए । विदेशमा पुगेर फर्कीएका उनीहरुले म्यानपावरलाई कारबाहीको माग गर्दै वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन् । विभागमा उजुरी गरेपनि विभागले कारबाहीका लागि कुनै पनि चासो नदेखाएको पीडितको भनाई छ । यस विषयमा जानाकरी लिन खोज्दा म्यानपावरका संचालक श्यामप्रसाद श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् । \

Post a Comment

0 Comments