Subscribe Us

अरुको डिमाण्डमा माउन्टेन सन इम्प्लाईमेन्ट एण्ड ट्रेडिङ म्यानपावरले यसरी ठग्यो तीन नेपाली

काठमाडौं, २८ चैत । काठमाडौंको बनस्थलीमा रहेको माउन्टेन सन इम्प्लाईमेन्ट एण्ड ट्रेडिङ प्रालिले दुई जना नेपालीलाई नेपाल र एक जनालाई साउदीमा ठग्दै अलपत्र पारेको छ । यो म्यानपावर कम्पनीले असोज १३ गते गोर्खा नेपाल प्लेसमेन्ट सर्भिस प्रालीको नाममा साउदीको एसएनएएफ इन्टरनेशनल कम्पनीबाट आएको लट नम्बर १३९७९३ को आठ सय रियाल माग पत्रलाई आफुले लिएर हजार साउदी रियालमा पाउने भन्दै ठगी गरेको छ ।

सरकारले २१ असादेखि १० हजार रुपैयाँ भन्दा बढी लिन नपाउने ,कामदार लिने कम्पनीले सेवा शुल्क दिए त्यो पनि लिन नपाउने,भने पनि म्यानपावर कम्पनीले असोज १३ मा आएको माग पत्रमा नै प्रतिकामदार एक लाख पाँच हजार रुपैयाँ लिएर दिन दहाडै ठगी गरेको छ । म्यानपावरले उक्त रकम ठगी गरेपनि पैसा लिएको कुनै प्रमाण स्वरुप रसिद दिएको छैन् । उक्त ठग म्यानपावरबाट एक जना साउदी अरब पुगी सकेको छ भने दुई जना नेपालमा नै रहेका छन् ।

साउदीमा मासिक एक हजार रियाल पाउने भनेर एक महिना अघि साउदी पुगेका देब बहादुर बोहराले आठ सय मात्र पाएको बताएका छन् । नेपालबाट जाँदा हजार रियाल पाउने भनेर पठाएपनि साउदीबाट आएको माग पत्रमा आठ सय रियाल मात्र छ । उनीहरुले कामदारलाई दिएको मात्र पत्रमा हजार रियाल भनेर हस्तलीखित कागज दिएर ठगेका छ । म्यानपावरले बोहरालाई विमास्थलमा भनेर पठाएपनि गाडी धुनेकाममा लगाएको बताएका छन् । खाने बस्ने सुविधा रहेको बताएपनि त्यो सुविधा नभएको र साप्ताहिक बिदामा बस्दा दुई सय रिसाल कटाईदिने गरेको उनको भनाई छ ।

उनीसँगै माग पत्र आएका अर्का देव बहादुर बोहरालाई भने म्यानपावरले एक महिनादेखि होटलमा राखेर साउदीमा पठाएको छैन् । उनले आफुलाई तत्काल विदेश पठाउन वा पैसा फिर्ता गराउन भने पनि म्यानपानवले नयाँ बसपार्क स्थित गुल्मी रेसुङगा गेष्ट हाउसमा बन्दी बनाएर राखेको छ । उनीहसँगै साउदी जान आएका अर्का प्रेम बहादुर बोहराको माग पत्र आए पनि श्रम स्विकृती ननिस्केको भन्दै म्यानपावरले एक लाख पाँच हजार रुपैयाँ लिएर कुने पनि रसिद दिएको छैन् ।

तजबन कमाउन्टेन सन इम्पलाईमेन्ट एण्ड ट्रेडिङ बाट साउदी जान लागेका उनीहरुलाई होटलका सञ्चालक तथा एजेन्ट राम प्रसाद पाण्डेले होम गुरुङको म्यानपावरमा पुर्याएका हुन् । एजेन्टले आफ्नै होटलमा विगत एक महिनादेखि राखेका छन् । देव बोहराको आगामी २७ तारिकमा भिषाको मिति सकिने भएपनि म्यानपावरले हाल कामठमाडौ।मा नै झुलयाएर राखेको छ । पीडित बोहरा भन्छन, हामीलाई कि विदेश पठा कि पैसा फिर्ता ले भन्दा केही दिन पर्खी भनेको छ । १० हजार लिनु पर्नेमा एक लाख पाँच हजार लिएको छ । ९५ हजार फिर्ता मागेका छौं ।’ साउदीमा पुगेका देव बोहराले भने म्यानपावरले सिधै कम्पनीमा नभई सप्लाई कम्पनीमा पठाएको बताएका छन् ।

म्यानपावरका सञ्चालक होम गुरुङलाई यो विषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आँउन चाहेनन् । गुरुङ यस अघि ग्रिन स्टार म्यानपावर कम्पनीमा एजेन्टको रुपमा काम गर्ने गर्दथे । त्यो समयमा उनलाई म्यापावरले निकालेर दैनिक पत्रिकामा नै सूचना प्रकाशित गरेको थियो हो व्यक्तिसँग कोही कसैले आर्थिक कारोबार नगर्नुहोला गरेमा कम्पनी जवाफदेही हुने छैन भनेर ।

काठमाडौंमा नै यसरी नेपाललीलाई अलपत्र पार्ने मयानपावर कम्पनीलाई विदेशमा लगेर अलपत्र पार्ला वा भने जस्तो काम, खान बस्नु सुविधा भएको ठाँउमा पठाला । यस्तै ठग म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन, मानवतस्करी रोक्न प्रहरी अपराध महाशाखा एसएसपी सर्वेन्द्र खनालले आवश्यक कारबाही थाल्दा वैदेशिक रोजगार व्यवसायी सघ आन्दोलीत बन्यो । के यस्ता ठगलाई सधै राज्यले सम्मान गरेर राख्नु पर्ने हो रु हजारौ वैदेशिक रोजगारीमा ठगीने नेपालीको प्रश्न यही छ ।

Post a Comment

0 Comments