Subscribe Us

बिहानै दुई राउन्ड हवाई फायर

मोरङ, १४ वैशाख । जङ्गलभित्र सिकार खेलिरहेको अवस्थामा एक सिकारीलाई पक्राउ गर्ने क्रममा मोरङको पथरी शनिश्चरे–८ स्थित जिरीखिम्ती जङ्गलमा बिहान प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । 

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बिहान पौने ३ बजे जिरीखिम्ती जङ्गलभित्र सिकार खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय राम अर्याललाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

जङ्गलभित्र बन्दुक पड्किएको आवाज सुनिएपछि प्रहरीको टोली जङ्गलभित्र पसेको थियो । सिकार खेलिरहेका अर्याललाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि नै बन्दुक तेर्साएपछि दुई राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी निरीक्षक बस्नेतले बताए । 

पक्राउ परेका अर्याललाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

Post a Comment

0 Comments