Subscribe Us

फेरि तानिए सापकोटा

 काठमाडौं । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा दिइएको जाहेरीअनुरुप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ।
Agni_sapkota1
रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ।
सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि २०६८ सालमा मृतक लामाकी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रश्न उब्जाउँदै सर्वोचकै परमादेशअनुरुप मुद्दा नचलाइको दाबी निवेदकको थियो। यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भिन्नै रिट दायर गरेका थिए। दुवै रिटलाई सुनुवाइकालागि संबैधानिक इजलासमा पठाइएको हो।
एमाले स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एकमहिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ। उक्त प्रकरणमा सापकोटालाई मुछिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर

Post a Comment

0 Comments