Subscribe Us

ऊर्जामन्त्रीका सचिवालय भद्रगोल, भेट्नै गाह्रो, टिक्नै गाह्रो !

काठमाडौं, २९ चैत । ऊर्जामन्त्री टोपबहादुर रायमाझीको निजी र स्वकीय सचिवालय नै व्यवस्थित छैन । सचिवालयले मन्त्रीको भेटघाटलगायतलाई व्यवस्थित गर्न सकेको छैन ।

मन्त्रालयमा भेटघाट गर्नेको जहिले पनि भीडभाड हुने गरेको छ । निजी सचिवमा नेपाल विद्युत् प्राधिकरणका सात तहका इन्जिनियर किरणराज तिमल्सिना छन् । 

उनी निजी सचिवलायका तेस्रो व्यक्ति हुन् । सुरुमा प्रशासनतर्फका उपसचिव लक्ष्मण ढकाल थिए । त्यसपछि प्राधिकरणकै ६ तहका इन्जिनियर उपेन्द्र बराललाई नियुक्त गरिएको थियो । ढकाल र बराल सचिवालयमा टिक्नै सकेनन् ।
Urja-mantri-Top-bahadur-rajayamajhi
ऊर्जामन्त्री रायमाझीको स्वकीय सहसचिव सरोज बुढाथोकी हुन् । उनी मन्त्री रायमाझीका छोराका साथी हुन् । राजनीतिक पृष्ठभूमि नभएकालाई स्वकीय सचिव राखिएको भन्दै मन्त्री रायमाझीको आलोचना हुने गरेको छ । तर, पनि मन्त्री रायमाझीले बुढाथोकीलाई नै विश्वास गर्ने गरेका छन् ।

‘मन्त्रीज्यूतर्फका हरेक डिल सरोजले नै गर्छन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रीज्यूले उन (सरोज) लाई धेरै विश्वास गर्नुहुन्छ, उनको व्यवहारकै कारण पनि निजी सचिवालयमा कोही टिक्न नसकेका हुन् ।’ स्वकीय उपसचिवमा तोजबहादुर रायमाझी, स्वकीय अधिकृतमा आलोक रायमाझी, प्रशासन सहायकमा कृष्णबहादुर भुसाल छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments