Subscribe Us

हत्या गरी फरार रहेका पाँचजना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– १३ चित्तापोल कार्की गाउँका वर्ष ४७ को पुष्करराज कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत २० गते शनिबार राति सोही गाउँमा रहेको काचो इँटा बनाउने ठाउँमा कार्कीको हत्या गरी फरार रहेका पाँच जनालाई महानगरीय प्रहरी वृत्त जगातेबाट खटिएका प्रहरी टोलीले आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


पक्राउ पर्नेमा काभ्रे सिपाली चिलाउने–२ का वर्ष १८ को वज्रसिंह लामा, सोही ठाउँका वर्ष १६ को मानबहादुर लामा, काभ्रे चापाखोरी–९ का वर्ष २१ को रामबहादुर लामा, रामेछाप हिलेदेवी गाविस–५ घर भई हाल सूर्यविनायक–१३ बस्ने वर्ष ३८ को बलबहादुर भन्ने युवराज लामा र काभ्रे चापाखोरी गाविस–९ वस्ने वर्ष २७ को कुमार लामा रहेका छन् ।

शनिबार साँझ कार्कीसँग भएको सामान्य विवादका कारण चारजनाले कुटपिट गरी कार्कीको हत्या गरी झ्याउलीमा भित्र लगेर राखेर फरार भएको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये कुमार लामा भने हत्यामा संलग्न नभए पनि घटना लुकाएर हत्यामा संलग्नलाई भगाएको अभियोगमा पक्राउ परेका छन् ।

Post a Comment

0 Comments