Subscribe Us

गाडी च्यासिस फेर्ने धन्धामा पूर्वमन्त्री

काठमाडौं, चैत २६।
नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ । महानगरीय ट्राफिक महाशाखाले शर्माको टोयटा ल्यान्ड क्रुसर बा २ च ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

गाडी बनाउने मेकानिकले सडकबाट टेस्ट ड्राइभ गर्न लागेको अवस्थामा ट्राफिकले दरबारमार्गबाट नियन्त्रणमा लिएको हो। उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ। गाडीको च्यासिस नम्बर काटिएको छ। सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ।
gavel
ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लु बुकसमेत बरामद गरेको छ। ब्लु बुकमा सांसदको प्रयोजनकालागि लेखिएको छ। २०५४ जेठ १९ गते बागमती अञ्चलमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लु बुकमा प्रज्ञापन पत्र नम्बर ६७०८ र रजिस्ट्रर नम्बर ५६३६६ उल्लेख छ।

कानुनतः कुनै पनि सवारी साधनको इन्जिन र च्यासिस नम्बर दर्ता किताबमा जे छ त्यही उल्लेख हुनुपर्छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

Post a Comment

0 Comments