Subscribe Us

बालकृष्ण ढुंगेललाई पक्रन प्रहरीलाई बाटो खुल्यो

ओखलढुंगा, पोकली–२ लेतीका उज्जन श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न बाटो खुलेको छ। नगरिक दैनिकमा समाचार छ। 
 
सर्वोच्चले ढुंगेलको फैसलाको पूर्णपाठ सरकारलाई पठाएपछि कार्यान्वयन गर्ने बाटो खुलेको हो। यसअघि प्रहरी र फैसला कार्यान्वयन गर्ने निकायले फैसला भएको जानकारी आधिकारिक रुपमा नपाएको भन्दै आएका थिए। फैसला भएको चार महिनापछि सर्वोच्चले पूर्णपाठ तयार गर्दै सरकार र अन्य निकायलाई पठाएको हो। 
 
सर्वोच्च अदालतले पटक पटक व्यक्ति हत्यामा संलग्न रहेको ठहर गरी फैसला कार्यान्वयन गर्न भने पनि प्रहरी प्रधान कार्यालयले भने अन्य निकायलाई देखाउँदै पन्छाएको थियो। तर, अब फैसलाको पूर्ण पाठ उपलब्ध गराएपछि कार्यान्वयनमा जानुको विकल्प सरकारसँग छैन। 
 
व्यक्ति हत्या आरोपमा दोषी ठहर भएका ढुंगेलको मुद्दा कार्यान्वयन माग गर्दै सावित्री श्रेष्ठले दिएको निवेदनमा फैसला गर्दै सर्वोच्चले उनलाई उन्मुक्ति दिन नमिल्ने भनेको थियो।

Post a Comment

0 Comments