Subscribe Us

करोड कुम्ल्याउन ‘फ्रि भिसा र टिकट’ !

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले असार दोस्रो साता भएको निवार्चनमा लागेको झण्डै एक करोड भन्दा बढी पैसा सहजै उठाउने राणनीति अपनाएको समाचार आज प्रकाशित जनप्रहार साप्ताहिकले छापेको छ । 

गरिब कामदारले खाडीको ५० डिग्री तापक्रममा बगाएको रगत र पसिनामा होली खेल्न बानी परेका ढकालले कुनै पापड नै नबेली निर्वाचनको समयमा लागेको खर्च  उठाउने प्रपञ्च तय गरेका हुन् ।

 पूर्वमण्डले ढकालले वैदेशिक रोजगारीलाई सहज, व्यवस्थित, मर्यादित बनाउने नाममा १० महिनाको अन्तरमा दुई पटक आन्दोलनको नाटक मञ्चन गरेर सो रकम उठाउन लागेको संघका एक पदाधिकारीले बताए ।

 २१ असारदेखि ‘फ्रि भिषा’, ‘फ्रि टिकट’ सुरु भएको र त्यसकै नाममा आन्दोलन सुरु गरेको केही समयमा नै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेर जानाजान उनले मुद्दा हारेका हुन् । मुद्दा हारेर व्यवसायीलाई धोका दिएका अध्यक्ष ढकालले तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङबाट झण्डै एक करोड रुपैयाँ भन्दा बढी रकम कुम्ल्याउने अन्तिम तयारीमा रहेको बताइएको छ । 

बंगलादेशी नागरिक अमिनसँग नगदै पाँच करोड रुपैयाँ भन्दा बढी रकम र मलेसियान फ्लेक्सटोनिक्स एसडिएन बिएचडि कम्पनीबाट कामदारको माग ल्याएर यो निर्णय लागु गरेका गुरुङले ‘फ्रि भिषा’, ‘फ्रि टिकट’को आन्दोलन तुहाउन सहयोग गरेको, गठीत कार्यदलमा रहेर मलेसिया, खाडीका ६ देशमा अध्ययनका लागि नगएकाले यो निर्णय लागु गराउन सहज बनाएको भन्दै सो रकम बक्सीस दिने अन्तिम तयारी रहेको बुझीएको छ । यसको मध्यस्तकर्ता संघका निवर्तमान अध्यक्ष हंशराज वाग्लेले गरेको बताइन्छ । 

पछिल्लो समयमा २३ दिनसम्म आन्दोलनको नाटक मञ्चन गरेर व्यवसायीलाई घर न घाटको बनाएका ढकालले श्रम तथा रोजगार मन्त्रालयमा गठीत वार्ता टोलीसँग बसेर छलफल गरेर न्यूनतम सेवा शुल्क २५ हजार रुपैयाँ प्रति कामदार लिनका लागि व्यवसायीहरुको आग्रह छ । अमिनको पैसा गुरुङबाट लिएका ढकालले व्यवसायीको माग पुरा गर्ने छेकछन्द छैन् । उनी छलफलमा नगएर व्यवसायीलाई नै धरापमा पार्न लागेका  छन् । 

केही सयम यता संघले व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै ढकालको राजीनामा माग्ने तयारी भईरहेको बताइन्छ । आफु संघ छोडेर जान परेपनि जाने तर पुर्व राज्यमन्त्री गुरुङको निर्णयमा तलबितल हुन नदिने तयारीमा रहेका ढकालले मन्त्रालयमा हुने भनिएको वार्तालाई लम्ब्याउदै गएका छन् । 

काठमाडौंको थापागाँउ स्थित खगोल ओभरसिज प्रालिका सञ्चालक ढकालले एसएलसी जेनतेन पास गरी कांग्रेसका गोकर्ण पौडेलको हात समाउँदै काठमाडौं भित्रिएर उनै पौडेलको दया र कृपाबाट खरदार भएका थिए । त्यही बेलादेखी नै अवैध रुपमा कमाउन माहिर मानीने ढकालले पाल्तेन गुरुङ र शंकर गुरुङ श्रममन्त्री हुँदा उनीहरूको चाप्लुसी गरेर ‘दी सेन्टर’ नामको म्यानपावर कम्पनी खोलेर मानवको श्रम बेचबिखनमा लागे ।

नेपाली कांग्रेसनिकट व्यावसायीहरू तिलक रानाभाट, किरणकिशोर घिमिरे र प्रज्ञान न्यौपानेको बुई चढेर मण्डले छोडेर लोकतान्त्रीक वैदेशिक रोजगार व्यवसायी फोरममा प्रवेश गरेका ढकालले निवर्तमान अध्यक्ष वाग्ले र फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेलाई मोहरा बनाएर आन्दोलन शब्दलाई गायत्री मन्त्र बनाएर अकुत कमाउन थालेका छन् । यो कुरा व्यवसायीहरुले खासै सुईको नपाएका कारण उनीमाथी धेरै व्यवसायी खनिन पाएका छैनन् । 

संघको अध्यक्ष भएपछि निर्वाचनको समयमा लागेको पैसा सहजै उठाउने उनको योजन थियो । आफु निर्वाचित भएलगत्तै आन्दोलन उग्रबन्दै गएपछि व्यवसाय प्राय ठप्प भयो । पैसा भनेपछि हुरुक्कै हुने ढकालले संघको लेटरप्याडको दुरुपयोग गरी पुर्व राज्यमन्त्री गुरुङसँग मिलेर बंगालीको पैसा खाने र फ्रि भिषा, फ्रि टिकटको निर्णय लागु गराएरै छोडने रणनीतिमा उनी लागेका थिए ।   

संघको अध्यक्ष भएपछि आर्थिक तथा भौतिक रूपमा कांग्रेसको महाधिवेशनमा सहयोग गर्ने प्रतिवद्धतासहित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, शेखर कोइराला, दीपक गिरी, गुरु घिमिरेलगायतलाई आफ्नो स्तरभन्दा तल झारी ढकालले म्यानपावरको चुनाव प्रचारमासमेत उतार्न सफल भएको  समाचार मंगलवार जनप्रहार साप्ताहिकले प्रकाशित गरेको छ । 

Post a Comment

0 Comments