Subscribe Us

प्रहरी नायब निरीक्षक उमेश पाल सहित चारजना फिर्ता बोलाइयो

कञ्चनपुर, १६ वैशाख । डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

प्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एकजना जवानलाई जिल्ला फिर्ता बोलाइएको हो ।

‘चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएका छौँ’, प्रहरी नायब उपरीक्षक केदार खनालले भने । फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने उनले बताए ।

Post a Comment

0 Comments