Subscribe Us

शेरबहादुर फर्किएलगत्तै भारत पसेका ज्ञानेन्द्र पनि फर्किए

काठमाडौ। भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार साँढे चार बजे अपर्झट भारत गएका पूर्वराजा ज्ञानेन्द्र नेपाल फकिएका हुन्। 
निजी सचिव सागर तिमल्सिना, निजी अंग रक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि लिएर भारत गएका पूर्वराजा शाहले गोप्य भेटघाट गरेका छन्।
Gyanendra1
श्रीमतीको उपचारमा भारत गएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल फर्किए लगत्तै पूर्वराजा शाह भारत गएका हुन्। मधेसवादी दलले २६ बुँदे मागसहित पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सो विषयमा छलफल गर्न समेत पूर्वराजा भारत गएको हुन सक्ने आंकलन गरिएको छ।

भारतले नेपालको संविधानलाई पूर्ण समर्थन नगरेको अवस्थामा पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्व रहेको राजावादीको विश्लेषण रहेको छ। राजतन्त्र फर्के पनि आफू राजा नभई १२ वर्षे नाति हृदयेन्द्रलाई सेरेमोनियल किङ बनाउनका लागि परेका पूर्वराजाले भारत भ्रमणका क्रममा सो विषय उठान गरेको उच्च स्रोतले जनाएको छ।

अति गोप्य राखिएको सो भ्रमणमा हिन्दू राष्ट्रको विषयमा समेत छलफल भएको बुझिएको छ ।

Post a Comment

0 Comments