Subscribe Us

खोलामाथि हाउजिङ र प्लटिङ,
स्थानीय गुण्डा, मालपोत प्रमुख, नगरपालिका प्रमुखको मिलोमतोमा खोला अतिक्रमण

काठमाडौं ः देशभरका सार्वजनिक जग्गामा भु–माफियाको गिद्धे दृष्टी रहेको नौलो बिषय रहेन । तर,  भुमाफियाकै सहयोगमा सरकारी कर्मचारी नै सार्वजनिक जग्गा मिचेर बनेका हाउजिङ र प्लटिङमा हिस्सेदार बन्न थालेको फेला परेको छ । स्रोतका अनुसार उपत्यका विकास प्राधिकरण, मालपोत कार्यालय, उपमहानगरपालिका र स्थानिय गुण्डाको मिलमतोमा ललितपुरमा रातारात खोला मिचेर नै हाउजिङ र प्लटिङ गरेको फेला परेको हो ।



नेपालको एकमात्र दक्षिणबाट उत्तरतर्फ बग्ने कर्मनासा खोला र सार्वजनिक जग्गा मिचेर केही हाउजिङ कम्पनीले ललितपुरको हरिसिद्धि क्षेत्रमा आफु खुसी जग्गा प्लटिङ र अग्ला भवन बनाएको जनप्रहारले फेला पारेको हो । स्रोतका अनुसार ललितपुर उपमहानगरपालिकाको वडा नम्बर २८, २९ र ३० अन्र्तगत रहेको कर्मनासा खोला छेउको जग्गा अतिक्रमण भएको हो । यसरी जग्गा अतिक्रमणमा उपत्यका विकास प्राधिकरणका योगेशकृष्ण पराजुली, उपमहानगरपालिका काकार्यकारी अधिकृत भरतमणी पाण्डे, जिल्ला विकास समिति ललितपुरका स्थानिय विकास अधिकारी पशुपति पोखरेल र मालपोत कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद आर्चायको प्रत्यक्ष संलग्नता रहेको छ । 

हरिसिद्धि र हात्तिवन क्षेत्र भएर बग्ने कर्मनासानदीको दायाँबायाँ नै मापदण्ड मिचेर खोलामा पर्खाल लगाएर युरो र सिलौटी हाउजिङले जग्गा प्लटिङ र हाउजिङ बनाएका हुन् । स्थानिय वडा सचिव सानोबाबु सिलवालको प्रत्यक्ष सहयोगमा टंक श्रेष्ठ , बिद्युत माफिया ज्ञानेन्द्रबहादुर श्रेष्ठ र मदनबहादुर लिम्बुले हाकाहाकी सार्वजनिक जग्गा कम्पनीमा दाबेर करौडौको कारोबार गरिरहेका हुन । यस्तै कान्तिपुर टेलिभिजनसँग आवद्ध रहेका गणेश अग्रवाल र चर्चित लिटिल एन्जलस स्कुलले समेत कर्मनासा नदीकै जग्गा मिचेर ठुला भवन ठड्याएका हुन् । यसका लागि स्थानिय सानुराजा महर्जन समुहले सबै चाँजोपाजो मिलाएको स्रोतको दाबी छ ।

जिविस, उपमहानगरपालिका र मालपोत कार्यालयमा रहेको खोलाको नक्सा र खोलाको बहाव क्षेत्र नै परिवर्तन गरि हाल नयाँ नक्साका आधारमा धमाधम सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ । ललितपुरमा भएकोे जग्गा अतिक्रमणका बिषयमा बारम्बार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानिय अधिकारीलाई बोलाएर रोक्न पहल गरेपनि करौडो कमाउने दाउमा सरकारी अधिकारीले टेरपुच्छर लाएका छैनन् । 

अख्तियारले चैत्रमा ललितपुरका प्रमुख जिल्ला अधिकारी श्रृषिराम शर्मा, प्रहरी प्रमुख पिताम्बर अधिकारी, स्थानियविकास अधिकारी पशुपति पोखरेल र उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भरतमणि पाण्डेलाई टंगालमै बोलाएर सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण रोक्न निर्देशन दिएपनि सरकारी अधिकारीले कुनै पहल गरेका छैनन् । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments