Subscribe Us

कालोबजारी गर्न सबा पाँच लाख सिलिन्डर थप

काठमाडौं ।
खाना पकाउने ग्यासको हाहाकार भइरहँदा ग्यास उत्पादन गर्ने उद्योगले आफूखुसी सबा पाँच लाख थान नयाँ सिलिन्डर थपेका छन् । तर, यसबारे सिलिन्डर थप्न अनुमति दिने निकाय नेपाल आयल निगम भने मौन छ ।

20150203gas-shortage-persists-despite-direct-distribution-600x0

सिलिन्डरको तौल र गुणस्तर निर्धारण गर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभागमा नौ महिना (गत साउनदेखि चैत) को अवधिकमा ५५ वटा कम्पनीले पाँच लाख १६ हजार नयाा सिलिन्डर थपेको पूर्णविवरण छ ।
नियामक निकाय आयल निगम र उद्योगीको मिलेमतोमा अभावको फाइदा उठाएर यति ठूलो संख्यामा नयाँ सिलिन्डर थपिएको हो । 

आम उपभोक्ता महिनौं लाइनमा बसेर एक थान सिलिन्डर साट्न नसकेको अवस्थामा थपिएका नयाँ सिलिन्डर पहुँचका आधारमा बढी मूल्य लिएर घरानियाँ र उद्योग व्यवसायमा बिक्री हुने गरेको स्रोतले बतायो ।  अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Post a Comment

0 Comments