Subscribe Us

मधेसी मोर्चा वार्ता न हडतालमा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रमुख तीन दल र सरकारले बोलाउने वार्तामा तत्काल सहभागी नहुने भएको छ । वार्ताबाट समस्या समाधान गर्नेभन्दा आन्दोलन तुहाउने रणनीतिअनुसार तीन दल र सरकारले वार्तामा बोलाउने गरेको भन्दै मोर्चाले वार्तामा नबस्ने जनाएको छ ।
morcha-leaders

आन्दोलनकै तयारीमा मधेसी मोर्चा
मोर्चाले सबै माग पूरा नभएको भन्दै आन्दोलनको तयारी गरेको छ । ४५ दिनमा सरकारलाई गलाउने गरी आन्दोलन केन्द्रित गर्ने तयारी मोर्चाको छ । पहिलाको आन्दोलनजस्तो अनिश्चितकालीन आमहडताल गर्ने पक्षमा मोर्चा नेता देखिएका छैनन् । अबको आन्दोलन चरणबद्ध हुने मोर्चाका नेताको भनाइ छ । त्यसक्रममा विभिन्न जिल्लामा अन्तक्र्रिया, सहरकेन्द्रित सभा, रिले अनशन हुँदै काठमाडौं र सिंहदरबार घेर्दै अन्तिम धक्का दिने तयारीमा मोर्चाका नेता छन् ।

अब सिंहदरबार केन्द्रित आन्दोलन
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ पत्रिकासँग कुरा गर्दै तत्काल नाकाबन्दीको आन्दोलन नहुने बताए । ‘अब नाकाबन्दीभन्दा पनि सिंहदरबार केन्द्रित आन्दोलन हुनेछ,’ महतोले भने । महतोका अनुसार अब जनताले कम सास्ती पाउने गरी आन्दोलनका कार्यक्रमको तालिका तयार हुनेछ । ‘अहिलेसम्म नाकाबन्दी गर्नेबारे छलफलसम्म भएको छैन र मोर्चा नाकाबन्दी गर्ने पक्षमा पनि छैन,’ तमसपाका वरिष्ठ नेता रामनरेश रायले नयाँ पत्रिकासँग भने । नाकाबन्दीका कारण मधेसी नेताहरूको राजनीतिक छवि बिग्रनुका साथै मधेसमा थप असन्तुष्टि बढेको बुझाइ मोर्चाकै नेताको छ ।

आन्दोलनको स्वरूपबारे मोर्चामा मतभेद 
मोर्चामा आबद्ध संघीय समाजवादी फोरम, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच आन्दोलन कसरी अगाडि बढाउने भन्नेमा मतभेद देखिन्छ । फोरम अबको आन्दोलनलाई देशभरि केन्द्रित गर्नेगरी तयारी गर्नुपर्ने योजनामा छ । फोरमले मोर्चाभित्र त्यसैगरी छलफल पनि चलाएको छ । तर, सद्भावना पार्टी मधेसकेन्द्रित आन्दोलनलाई नै निरन्तरता दिनुपर्ने भनाइ छ । देशभर केन्द्रित गर्दा आन्दोलन उठाउन पाँच वर्षभन्दा बढी राख्ने सद्भावनाका नेताको भनाइ छ । तमलोपा भने तटस्थ देखिएको छ । मोर्चामा आबद्ध साना मधेसी दल भने ठूला दलको निर्णय कुरेर बसेका छन् । 

Post a Comment

0 Comments