Subscribe Us

महानिरीक्षक अर्यालले हेटक्वाटरमा दिए प्रहरीलाई यस्तो निर्देशन

काठमाडौं, २५ चैत । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल ६ दिने सुदूर पश्चिमको भ्रमण पुरा गरी काठमाडौं फर्केका छन्. । निरीक्षण भ्रमणमा उनले शान्ति तथा पुनः निर्माण मन्त्रालय, शान्ति कोषको २ करोड १० लाख ७० हजार ३ सय ५४ रुपैयाँको लागतमा सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवनको उद्घाटन गरेका छन् ।

निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले प्रहरी व्यवहार र आचरणमा सुधार ल्याई संगठनको छवि उच्च राख्नु सबै प्रहरी कर्मचारीको दायित्व भएकोले नागरिकहरुसँग गरिने प्रहरीको व्यवहार नम्र, शिष्ट र मर्यादित हुन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले मुस्कानसहितको प्रहरी सेवाको अवधारणा लागू गर्दै सेवाग्राहीसँग नम्र र सभ्य व्यवहार गरी छिटोछरितो सेवा प्रदान गर्नुपर्नेमा विषेश जोड दिए । आफ्नो आचरण व्यवहारमा सुधार गर्न, नागरिक अपेक्षाको पहिचान र नवीन सोच अनि शैलीकासाथ सेवा प्रवाह गर्न समस्त प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक अर्यालले प्रहरी कर्मचारीहरुले दर्जा अनुसारको कर्तव्य बुझेर प्रहरी सेवालाई अझै व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । नागरिकमैत्री सेवा, भ्रष्ट्राचारमा शुन्य शहनशीलता र निष्पक्ष सेवाभाव भएमा मात्र प्रहरीले आलोचना खेप्नु नपर्ने चर्चा गर्दै उनले आमनागरिकको अपेक्षा पुरा गर्ने गरी मन, बचन र कर्मले दायित्व पुरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

भ्रमण टोलीमा प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रसाद साउद र सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक बिजयकुमार भट्टसमेतको सहभागिता रहेको थियो ।

Post a Comment

0 Comments