Subscribe Us

यसकारण पो रोकिएको रहेछ प्रचण्डको भारत भ्रमण

काठमाडौं ।
एमाओवादी अध्यक्ष प्रचण्डले तय भइसकेको भारत भ्रमण अन्तिम क्षणमा आएर स्थगित गरेपछि भ्रमण स्थगित गर्नुको वास्तविक कारण खोजी भएको छ ।

प्रचण्डको चैत २५ गते भारत भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । भारत जाने र त्यहाँका उच्चपदस्थ कर्मचारीहरु तथा कतिपय नेताहरुसँग भेटघाट तथा संवाद गर्ने कुरा सधैं प्रचण्डको प्राथमिकतामा पर्ने गर्दछ ।


दिल्ली भ्रमणको अवसरलाई प्रचण्डले सधैं अति महत्व दिँदै आएका छन् र एक महिना मात्र दिल्लीको सम्पर्क सूत्रहरुसँग संवाद वा सम्पर्क हुन सकेन भने प्रचण्ड छटपटिन थाल्छन् ।

दिल्ली टाढिएको महसुस हुनेबित्तिकै प्रचण्ड नेपालभित्रै दिल्लीका दूतहरु खोज्न थाल्छन् र ‘कुरा कहाँ बिग्रियो ?’ ‘किन मसँग दिल्ली टाढिँदै छ ?’ भनेर सोधपुछ गर्छन् ।

संविधान जारी गर्ने क्रममा र त्यसपछि प्रचण्डले दिने गरेका अभिव्यक्ति र व्यवहारले नयाँ दिलल्ीसँगको उनको सम्बन्ध चिस्याएको थियो ।

पछिल्लो समय प्रचण्डले दिल्लीसँगको सम्बन्ध सामान्य बनाउन चाहेका छन् र यसक्रममा भारतनिकटका मानिने व्यक्ति र एजेन्सीका मानिससँग प्रचण्डले हारगुहार गर्दै पनि आएका छन् । प्रचण्डको लामो समयदेखिको अनुनयविनयपश्चात् चैत २५ गते दिल्ली भ्रमणमा जाने तिथि तय भएको थियो ।

भ्रमणको कार्यक्रम तथ भएको सात दिन नबित्दै प्रचण्डले आफू भारत भ्रमणमा जान असमर्थ रहेको जानकारी आधिकारिक रुपमा भारतलाई गराए । त्यसरी भारत भ्रमण तत्काल स्थगित गर्नुको कारण स्पष्ट गर्दै उनले ‘सरकार ढाल्नुअघि भारत भ्रमण गर्दा राम्रो सन्देश नजाने’ भनी भनेका छन् ।

नयाँ दिल्लीको भ्रमण गरेर फर्किएपछि सरकार ढाल्ने योजना कार्यान्वयनमा लाग्दा आफ्नो ‘राष्ट्रवादी’ छविमा आँच पुग्ने र राजनीतिक रुपमा सन्देश पनि नजाने बताउँदै प्रचण्डले आफू निर्धारित मितिमा भारत जान नसक्ने जानकारी गराउँदा भारतीय पक्ष गम्भीर भएको बुझिएको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments